Newborn baby or Neonate refers to babies from birth till 28 days. Neonatal period is a very vulnerable period as newborns are prone to susceptible infection from external environment. Also many n...
बच्चाहरुको दाँतको ख्याल पछाडि
बच्चाको जन्म भनेको रमाउने समय हो । कोशे–ढुङ्गाहरु पार गर्दै जाँदा उत्सवहरु पनि भइरहन्छन्– बच्चाको पहिलो मुस्कान, पहिलो शब्द, पहिलो पाइला र पहिलो दाँत पनि । आमाबुवाहरुले प्रायः बच्चाको दाँत समयमा नआउँदा आत्तिरहेका हुन्छन। उनीहरु आफ्नो बच्चाको चिन्ता गर्नका साथै उनीहरुको दाँत र दाँत आउने समयको सन्दर्भमा प्रश्नहरु गरिरहन्छन् । बच्चा जन्मिदा दाँत यति महत्वपुर्ण हुन्छ भने केहि वर्ष बितेपछि आमाबुवाले, “दुधे दाँत त पछि झरिहाल्छ नि किन डाक्टर कहाँ लग्नुपर्यो” भनि सोच्छन्
दुधे दाँतको महत्व
- बच्चाहरुलाई खाना चपाउन मद्दत गर्छ जसको कारण पौष्टिक विकास हुँदै जान्छ ।
- बच्चाहरुलाई छिटो र प्रष्ट रुपमा बोल्न मद्दत गर्छ, यसले उनीहरुमा आत्मविश्वास बढाउँछ ।
- गिजाँमा पछि आउने दाँतको लागि ठिक ठाउँ मिलाउँछ र पछिको दाँतलाई मिलेर बढ्न दिन्छ ।
- बच्चा मुस्कुराउँदा निकै राम्रो देखाउँछ । कालो दाँत देखाएर हस्न त कसलाई मन पर्छ होला र?

मुख र दाँतको ख्याल राम्ररी नगरेमा यस्ता कुराहरु हुन सक्छन् :
- गिजाको रोग र दाँत खिइने ।
- गम्भिर रुपमा दाँत खिइने जसको कारण अनुहार सुन्निने ।
- खाने बेलामा असहज हुने जसको कारण पैष्टिक आधारहरुको कमि आउने ।
- दुखाई हुने जसको कारण विद्यायल छुट्ने र राती सुत्न पनि नसक्ने ।
- हेर्दा नराम्रो दाँत भएको कारण आफ्नो आत्मविश्वास कम हने ।

बच्चाहरुको दाँतलाई सुरक्षित राख्ने तरिकाहरु :
१. मुखको सरसफाई:
आठ वर्ष तलका बच्चाहरुलाई निगरानि राखेरै दाँत माझ्न लगाउनुहोस् । यदि उनीहरु आफै नै गर्न चाहेमा गर्न दिनुहोस् तर फेरि अन्तिम पटक तपाईले राम्ररी गरिदिनुहोस् । फ्लोराइड (Floride) भएको मन्जनले दिनमा दुई पटक दाँत माझ्नु पर्छ । ६ वर्ष भन्दा माथिको बच्चाले ठुलो मानिसको मन्जन प्रयोग गर्न दिनुभए पनि हुन्छ । यदि दाँतहरु निकै कस्सीएर बसेको भएमा बिच–बिचमा सफा गर्नको लागि फ्लोस्को (Floss) प्रयाग गर्नुहोस् । फ्लसको प्रयोग कसरी गरिन्छ भनि तपाईंले आफ्नो डेन्टिस्टलाई सोध्न सक्नुहुन्छ । खाना खाए पछि मुख कुल्ला गर्नु पनि उत्तीकै महत्वपुर्ण छ ।

२. खाना :
सबै कुरा मिलेको खाना दाँतको लागि पनि फाइदाजनक हुन्छ । चक्लेट, काँचो चाउँचाउँ, विस्कुट, चिप्स, आदि जस्ता टाँसिने र गुलिया खाने कुराहरुले दाँतमा किरा लाग्ने सम्भावना धेरै हुन्छ । यस्ता कुरा आफ्नो बच्चालाई खाना खाई सके पछि कम खान दिनुहोस, यो समयमा दाँतले खानाहरु चपाएर निक्लेको बढि थुकले दाँतलाई सफा गर्दछ । खाना खाएर दाँत माझे पछि वा कुल्ला गरेपछि यस्ता खाना खानु भन्दा खानाको बिच–बिचमा यस्ता कुराहरु खाएमा बढि असर पर्दछ । कोक, पेप्सी जस्ता कार्बन भएका पिउने कुराहरुले पनि दाँतलाई नराम्रो असर पु¥याउँदछन् किनकि यी कुराहरु एसिडिक (Acidic) हुन्छन् जसले इनामेल (दाँतको बहिरी तह ) लाई खिया लगाउन सक्छ ।

लामो समयसम्म बोतलबाट दुध खुलायो भने पछि गएर नर्सिङ्ग् बोतल क्याभिटी (Nursing Bottle Cavity) हुने सम्भवाना बढि हुन्छ ।

Nursing Bottle Tooth Decay
३. डेन्टिस्टलाई नियमित भेट्नुहोस
तपाईको बच्चाको डेन्टिस्टसङ्ग पहिलो भेट जन्मेको १ वर्षमा हुनुपर्छ। त्यसपछि हरेक ६ महिनामा। नियमित भेटले तपाईको बच्चाको दाँतको रोग र दाँतको समस्याबाट बचाउछ, केहि जटिल समस्या आउनु आघिनै उपचार गरेर निको पर्न सकिन्छ। दाँतको विषय दुखेको छैन भन्दैमा ठिक छ भन्न मिल्दैन ।
सोच्नु पर्ने कुराहरु:
- के तपाईको बच्चा कम तौलको छ ?
- के उसले कुनै कुरा खाना खोज्दैन र एउटा साइडबाट मात्र चबाउछ ?
येदि यस्तो हो भने, कतै उसको दाँतमा पो समस्या छ कि ? डेन्टिस्टलाइ देखाउने कि।
डा पराजिता दिक्क्षित
Head of Dept, Pediatric Dentistry Dept., Kantipur Dental College
Consultant Pediatric dentist at Smile Square Dental Care, Maharajgunj
0