Newborn baby or Neonate refers to babies from birth till 28 days. Neonatal period is a very vulnerable period as newborns are prone to susceptible infection from external environment. Also many n...
के तपाईको बच्चाको द्रिष्टि सामान्य छ? पछाडि
तपाईको बच्चाले कति राम्रो सङ्ग देख्न सक्छ? बच्चा सानो हुँदै यसको जवाफ दिन गार्हो नै हुन्छ। साना बालकहरुले हेर्न कठिनाई हुने समस्याहरु भन्न सक्दैनन्, तेहि भएर नै आभिभावकहरुले आफ्नो बच्चा को बानि राम्रो सङ्ग हेरेर सुरुवाति लक्षणहरु पत्ता लगाउनु पर्छ। राम्रो सङ्ग हेर्न सक्नु र सफा देख्नु बालबलिकाहरुको बिकसमा ठुलो भुमिका खेल्दछ।
बालबलिकामा द्रिष्टि बिकास एउटा निरन्तर प्रक्रिया हो जुन समयसङ्गै बिकासहुँदै जान्छ।
जन्मदेखी १२ महिना सम्म बालबलिकाले हेर्ने यस्तो लक्षण देखाउछ्न्:
| उमेर | हेर्ने द्रिष्टि |
|---|---|
| जन्मको बेला | हल्का देख्छन् र बिस्तरै आँखाका नानिहरु चलाउछन् |
| १ - ४ हप्ता | बिस्तारै आनुहारतिर हेर्छन, उज्यालो प्रकाशमा आँखा बन्द गर्छन् |
| ४ - ८ हप्ता | आमालाई आँखामा हेर्छन्, हिडेको कुरालाई बिस्तारै आँखाले पछ्यौछन्, आँखा बन्द गर्दा आत्तिदैनन् |
| ८ -१२ हप्ता | उज्यलो रङ्ग् ले आँखा तान्छ र एकछिन सम्म हेर्न सक्छन् |
| ३ - ६ महिना | सजिलैसङ्ग् सामानहरु पछ्यौछन् सक्छन्, हासेर अरुको हाँसोमा फर्काउछन्, सामानतिर लम्कन्छन् |
| ६ -१२ महिना | कोठाको वरपर हेर्न सक्छन्, थोरै अनुहार चिन्न सक्छन्, भित्र आउने मान्छेलाई हेर्छन्, हात र आँखाहरु मिलेर काम गर्न सक्छन् |
अभिभावकहरुले आफ्नो बच्चाको आँखामा केहि समस्या देख्ने बित्तिकै तुरुन्त आँखाको डक्टरलाई देखाई हल्नुहोस, किनभने जति चाडो आँखाको समस्या थाहा पाउन सकिन्छ, तेतिनै चाडो तेस्लाई समाधान गर्न सकिन्छ। तर ढिलो गरेमा यो समस्या बिग्रेर अनन्त सम्म रहन सक्छ ।
बच्चाहरुमा देखिने द्रिष्टि समस्याहरु:
१) Possible Refractive Error चस्मा लगाउनु पर्ने:
यदि तपाईको बच्चाले तल दिएको मध्य कुनै लक्ष्ण देखाउछ भने तपाई आँखाको डाक्टरलाइ भेट्नु होस, तपाईको बच्चालाई चस्मा चाहिन सक्छ:
- टिभी हेर्न टिभी नजिक जान्छ: तपाईले धेरैचोटि सम्झाउदा पनि तपाईको बच्चा नजिकबाट टिभी हेर्छ भने यो Possible Refractive Error हुन सक्छ। यसलाई बच्चाले नटेरेको भनेर नझुक्किनुहोला। तर यथार्थमा तपाईको बच्चाले टाँढाबाट राम्रोसङ्ग देख्दैन तेहिभएर उ नजिकबाट हेर्छ। र तपाइको घरमा पनि यस्तै स्तिथि छ भने एकचोटि डाक्टरको सल्लाह लिने कि ।
- पढने बेलामा शब्द छुटाउने, कहिले काहि एउटा पुरै लाइन नै छुट्ने।
- प्राय जसो पेन्सिल (Pencil)को टुप्पो भाच्ने
- मधुरो प्रकाशमा वा रातिको समयमा कम देख्ने
- गार्हो गरेर Black Board को आक्षर देख्ने
यदि सहि समयमा चस्मा नलगाएमा, भविष्यमा गएर Lazy Eye हुन सक्छ जुन उपचार गर्न गार्हो हुन्छ।
२. बन्ङ्गो आँखा
पहिलेको पालामा बन्ङ्गो आँखा भनेको शुभ भन्ने गरिन्थियो, तर भ्रममा नरहनुहोस सँधै यस्तो हुदैन। ३ वर्ष सम्मको बालबालिकामा यो आँखाको क्यान्सरले गर्दा पनि हुनसक्छ। त्यहि भएर यदि तपाईको बच्चाको आँखा सिधा छैन, तुरुन्त आँखाको डाक्टरलाई देखाइहाल्नुस। कुनै कुनै केसमा सानो उमेरमै चस्मा लगाएमा यो समस्या समाधान हुन्छ। त्यही भएर बन्ङ्गो आँखा देख्ने बित्तिकै डाक्टरलाई देखाउनुहोस।
३. आँखाको नानिको बिच भागमा सेतो दाग देखिनु
एउटा साधारण टर्च लाईट (Torch Light) ले आफ्नो बालबालिकाको आँखाको कालो भागको बिचमा हेर्नुहोस। सामान्य त्यहाँ टर्च लाईटको उज्यालो देखिन्छ। यदि मध्य भागमा सेतो दाग (तल फोटोमा देखाए जस्तो) देखिएको छ भने डाक्टरलाई देखाइहाल्नुहोस। त्यस्तो सेतो दाग "Birth Cataract or Eye Cancer" ले पनि हुन सक्छ जुन जति सक्दो चाडो उपचार गर्दा तपाईको बच्चाको आँखाको ज्योति बचाउन सकिन्छ।
माथि भनिएको सबै कुराको समाधान भनेको रोगको चाडै पत्ता लगाएर उपचार गर्नु हो। यदि तपाईको बच्चाको आँखामा केहि त्यस्तो असाधारण कुरा देखियो भने हामी तपाईलाई तुरुन्त आँखाको डाक्टरलाई देखाइहल्नु सल्लाह दिन्छौ।
डा ज्ञानेन्द्र लामिछाने
MD (Ophthalmology)
Phaco and Medical Retina Specialist ( Japan)
Associate Professor,NAMS
Academic Chief
Lumbini Eye Institute
Bhairahawa, Nepal
0