Newborn baby or Neonate refers to babies from birth till 28 days. Neonatal period is a very vulnerable period as newborns are prone to susceptible infection from external environment. Also many n...
नयाँ अभिभावकहरुले गर्ने साधारण गल्तीहरु पछाडि
सबै आभिभावकहरुले गल्ती गर्छन। विश्वास लग्दैन ? आफ्नो आमाबुवालाई सम्झनुहोस, सायद तपाईले आफ्नो हुर्काईमा केहि न केहि गल्ती भेट्नुहुनेछ।
खास कुरा के हो भने सबैले गल्ती गर्छन - झन नयाँ अभिभावकहरुले धेरै। तर यदि तपाईलाई नयाँ अभिभवकहरुले प्राय गर्ने गल्तीहरुको बारेमा जानकारी दियौ भने सायद तपाईले यो गल्ती दोहोराउनु हुदैन होला। तल त्यस्तै सामान्य गल्ती र त्यो बेलामा के गर्ने भनेर तपाईको सामु राखेका छौ।
१. स-साना कुरामा आत्तिहाल्ने
नयाँ आभिभवकहरु आफ्नो सानो बच्चालाई केहि भएकि आत्तिहल्ने हुन्छन। धेरै थुकेको छ कि, धेरै वान्ता गर्यो कि, यस्तै यस्तै। र बच्चाहरुले तपाईको यो आत्तिने बानि टिप्छन।
प्राये आभिभवकहरु आफ्नो बच्चाको पहिलो वर्ष आत्तिएर नै बित्छ। "धेरै दिसा गरेछ कि थोरै, धेरै थुक निकालेको पो छ कि, चाहिये जति खाएको छ कि छैन, धेरै नै रुन्छ कि अरु भन्दा थोरै रुन्छ कि? केहि याद आयो कि।
बच्चाहरु हामीले सोचेको भन्दा धेरै लचिला हुन्छन। तर अभिभवकको तर्फबाट हेर्ने हो स-साना कुरामा आत्तिनु जायज नै देखिन्छ। तर के कुरा ख्याल गर्नुपर्छ भन्दा धेरै आत्तिदा आफ्नो बच्चासङ्गको रमाइलो क्षणहरु गुमाउनु त भयेको छैन। बच्चाको पहिलो वर्ष धेरै कुराले रमाइलो हुन्छ र यो रमाइलो क्षणहरु आनुभुति गर्न नछुटाउनुहोला।
२. बच्चालाई रुन नदिनु
हामी, अभिभवकको रुपमा हेर्दा यस्तो, हाम्रो काम बच्चालाई रुन नदिनुमा केन्द्रित हुन्छ। यो किन पनि लग्छ भन्दा हामी रुवाईलाइ नकारात्मक लिन्छौ, हामीले केहि गल्ती गर्यौ कि, बच्चालाई दुख्यो कि। हामीले के कुरा बुझ्नुपर्छ भन्दा, बच्चाहरु रुन्छन नै। बच्चाहरुलाई पेट भरेर खुलायो, Daiper पनि फेर्दी सक्यो, तैपनि तपाईले चिमाटे जस्तै गरि बच्चा रुन्छ। यो किन हो भने बच्चाहरु यसरीनै आफ्नो कुरा व्यक्त गर्छन्, रोएर कि हासेर। र सानो बच्चाको रुवाईको मतलब तपाईले राम्रोसङ्ग भुलाउनु, फकाउनु सक्नुभएन भन्ने होइन।
र रुवाई बाल्यकालको एउटा भाग हो। तर तपाईको बच्चा १ घण्टा सम्म रोएको रोएै छ, अलि अलि ज्वरो आएको जस्तो छ, वान्ता गरेको छ, पेट फुल्लेको छ भने वा अन्य केहि आसाधरण कुराहरु देख्नु भयो भने डाक्टरलाई देखाइ हाल्नु होला। आफ्नो बच्चाको बारेमा तपाईलाइ भन्दा धेरै अरुलाई थाहा हुदैन, र केहि ठिक छैन जस्तो लग्छ भने डाक्टरसङ्ग सल्लाह लिनु होला।
३. थुक र वान्तामा झुक्किनु:
यो कुरामा भिन्नता थाह पाउन तपाईले उस्ले त्यस्तो कति पटक गर्छ त्यो हेर्नु पर्छ । बच्चाहरु जति बेला र जहिले पनि थुक निकाल्छन । तर वन्ता भनेको कति चोटि गर्छ भन्ने कुरामा भर पर्छ। जस्तै यदि तपाईको बच्चाले वन्ता गरेको छ भने त्यो हरेक ३० वा ४५ मिनेटमा आइराख्छ र कहिले काहि केहि नखुलाउँदा पनि वन्ता गरिरख्छ। तर थुक चाँहि यति समयामा हुन्छ भन्ने छैन, जहिले पनि आउन सक्छ।
४. भेर्खर जन्मेको बच्चाको ज्वरो नबुज्नु
जन्मेको ३ महिना सम्म १००.४ F ज्वरो भनेको इमर्जेन्सी (Emergency) हो। एउटा आपवाद बहेक; त्यो हो खोप (Vaccine) लगाएको २४ घण्टा भित्र आउने ज्वरो, त्यो बाहेक अरु सबै ज्वोरो (१००.४ F भन्दा माथिको) इमर्जेन्सी हो।
कुनै अभिभावकले ज्वरोलाई बच्चा अलिकति तात्तिएको सङ्ग झुक्किएर बच्चाको सिटामोल (Baby Citamol) दिनुहुन्छ, तर यो उमेर समुहको बच्चामा त्यो एउटा भुल हो। किनभने सानो बच्चासङ्ग त्यो प्रतिरक्षा प्रणाली विकसित भइसकेको हुँदैन।
त्यहि भएर यदि तपाईको बच्चा अलि तात्तिएको जस्तो लाग्छ भने ज्वरो नापिहाल्नुस र यदि ज्वरो १००.४ F भन्दा माथि छ भने तुरुन्त्त डाक्टरलाई देखाउनुहोस।
५. आफ्नो घरलाई चोटपटकबाट सुरक्षित नबनाउनु
फर्निचरहरुको तिखो कुनामा ठोक्किनु, चिप्लो भुईमा लड्नु, डरलाग्दो भर्याङ्ग, ढोकाले अौँला च्याप्नु आदि घर भित्र बालबालिकालाई लागिराख्ने चोटपटक हुन्। र अनुसन्धान (Research) ले पनि ५६% बालबालिकाको चोटपटक घरभित्र लग्ने गरेको देखाएको छ। त्यहि भएर बालबालिकाहरुलाई चोटपटक हुन नदिन आफ्नो घरलाई सुरक्षित गर्नुहोस। Corner Protector, Door Stopper, Safety Gate, Safety Gate हरु प्रयोग गर्न सक्नुहुन्छ।
६. दाँतको ख्याल नराख्नु
धेरै नयाँ अभिभावकहरुले आफ्नो सानो बालकको दाँत र गिंजाको सरसफाईमा धेरै महत्व दिनुहुदैन र कहिले काहि ढिलो हुन्छ। त्यहि भएर तल केहि सल्लाह र सुझाव:
- तपाईको बच्चाको दाँत भर्खर आउदै गरेको छ भने रति सुत्ने बेलामा दुध नदिनुहोस। यसले Cavities बढाउन मद्दत गर्दछ जसलाई Baby Bottle Decay पनि भनिन्छ ।
- हल्का कपडालाई भिजाएर आफ्नो बच्चाको गिजा पुस्नुहोस । र १ वर्ष भएपछि मात्रै ब्रस दिनुहोस।
- तपाइको बच्चाले प्रशस्त मात्रामा फ्लोराइड (Fluoride) लिएको हुनुपर्छ। फ्लोराइड सामान्यत पानीमा पाइन्छ र यसले (Cavity)बाट बचाउछ।
This information is not a substitute for professional advice and does not create a doctor-patient relationship. If you have any concerns about your child's health or wellbeing it is important that you seek help from your doctor or a health professional.